Search

शुक्रबारदेखि नेपालका हलमा तीन नयाँ फिल्म प्रदर्शनमा

शुक्रबारदेखि नेपालका हलमा तीन नयाँ फिल्म प्रदर्शनमा

बाँपीझ्याला, काठमाडौँ । शुक्रबारदेखि नेपालका हलमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित मल्टिस्टारर फिल्म ‘फूलबारी’, हलिउडको प्रतीक्षित ‘एन्टम्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ र बलिउडको ‘शहजादा’ रिलिज भएका हुन् ।

यीमध्ये नेपाली फिल्म ‘फूलबारी’तर्फ धेरैको चासो छ । अहिलेसम्म धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी ४’पछि निर्देशक गुरुङको यो नयाँ फिल्म हो, जुन पारिवारिक कथावस्तुमा आधारित छ । दयाहाङ राई, विपिन कार्की, शिल्पा मास्के र प्रियंका कार्कीको शीर्ष भूमिका रहेको फिल्मको लम्बाइ २ घण्टा १० मिनेट छ ।

फिल्मले इलाममा बसोबास गर्ने दुई दम्पती जयनारायण शर्मा र लक्ष्मी शर्माको परिवारको कथा भन्छ । निजामती कर्मचारी रहेका जयनारायण अवकाशप्राप्त जीवन बाँचिरहेका छन् । सहरमा बस्दै आएका उनीहरुका छोराछोरी आफ्नै जीवन र करिअरमा व्यस्त छन् । आफ्नै जीवनमा केन्द्रित हुने उनीहरुको छोराछोरीको प्रवृत्तिले परिवारका सदस्यबीच मनमुटाव चर्काउँछ । यो कथावस्तुमा फिल्म बनेको छ ।

सोसल ड्रामा जनरामा राखिएको फिल्ममा विपिनले जयनारायणको भूमिका निर्वाह गरेका छन् भने प्रियंकाले बुहारीको चरित्रमा छिन् । यसैबीच, मार्भल कमिक्समा आधारित मार्भल स्टुडियोको फिल्म ‘एन्टम्यान एण्ड द वास्प ः क्वान्टुमेनिया’ पनि आजै नेपाली हलमा रिलिज भएको छ । एक्सन, एड्भेन्चर र कमेडी जनरामा निर्माण भएको फिल्मलाई पिटन रिडले निर्देशन गरेका हुन् । पल रड, इभान्जेलिन लिली, जोनाथन मेजरको प्रमुख भूमिका छ ।

मुख्य पात्रहरुले क्वान्टम रियाम नामक एक वस्तुको सिर्जना गर्छन् । यसले अनौठा जीवहरुसँग अन्तरक्रिया गर्छ । उनीहरु एक साहसिक कार्यमा लाग्छन् जुन कुरा उनीहरुले सोचेको भन्दा नियन्त्रणबाहिर पुग्छ ।

यसैबीच, बलिउड फिल्म शहजादा पनि आजै रिलिज भएको छ । भारतमा दुई साताअघि नै प्रदर्शनमा आइसकेको यो फिल्ममा कार्तिक आर्यन, कृति सेनन र मनिषा कोइरालाको शीर्ष भूमिका छ । २ घण्टा २६ मिनेट लामो फिल्मलाई एक्सन, कमेडी र ड्रामा जनरामा राखिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment