(१)
आजको चिसो मौसम,
ह्विस्कि रमको संगम,
कस्तो गजबको मिलन,
आत्मा जलन !
जाडो यामको हिमाल,
रक्तिम किरण चाल,
सेताम्मे हिम शिखर,
चम्केको हार !
शिरमा ——–सगरमाथा,
स्वाभिमानी उच्च गाथा,
तराइ पहाड सिमा,
नेपाल आमा !
हिमाल चढ्ने आँट,
भूमिसुधारको फाँट,
हिम्मतदार कदम,
फुस्रो कसम !
तिमी उस्तै म नि उस्तै,
जुराएको छ दुरुस्तै,
सुखी ज्विन बहार,
प्रेम सागर !
(२)
के छ र दिँउ कोसेली,
वर्षदिने उपहार,
प्रणय दिवस हर्ष,
माया उत्कर्ष !
मनमुटु संगालेर,
प्रणय दिवस हेर,
फुलको थुँगो गुलाब,
मन सैलाब !
प्रेमत्वको उपहार,
अटुट प्रेम संसार,
जुनिजुनिको ममता,
सर्व श्रेष्ठता !
आहा प्रणय दिवस,
प्रेम अमर रहोस,
गति कमजोरी छोडि,
प्रेमिल जोडी !
भीनपा –२ डोकलुङा टोल दोलखा,
हाल, मध्यपुर ठिमी गट्ठाघर ।