Search

आज शहिद दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाउँर्दै

आज शहिद दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाउँर्दै

१६ माघ, बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष माघ १६ गते मनाईने सहिद दिवस प्रजातन्त्र स्थापना एवम् पुर्नस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहितको सम्झनामा विभिन्न कार्यक्रम गरी आज देशभर मनाईँदैछ । कठोर र निरङश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर सहिद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गांलाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि ती चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुभर सप्ताहका रुपमा शहीद दिवस मनाउन सुरु गरिएको हो ।

वीर शहीदहरुको स्मरणमा २०१२ सालदेखि काठमाडौं महानगरपलिकाको संयोजनमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते आज शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment