Search

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

१५ माघ, बाँपीझ्याला, काठमाडौँ । अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।

गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् । नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।

राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेका थापाले यसलाई अवसर र चुनौतीका रुपमा लिएका छन् । ‘यो मेरो लागि अवसर र चुनौती पनि हो । भारत दक्षिण एसियाको राम्रो टोली हो । नेपालमा साफ च्याम्पियनसिप हुँदा म प्राविधिक कमिटीमा रहेर काम गरेको थिएँ । अब राम्रो तयारी गरेर खेल्ने योजना छ’, थापाले अनलाइनखबरसँग भने । उनले टिमको बन्द प्रशिक्षक केही दिनमै सुरु हुने र खेलाडीको सूची छिटै सार्वजनिक हुने जानकारी दिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment