Search

द्वाल्खा नेपाल भाषाको संरक्षण सम्वद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

द्वाल्खा नेपाल भाषाको संरक्षण सम्वद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ माघ, बाँपीझ्याला, काठमाण्डौं । भीमेश्वर नगरपालिका दोलखा र बाँपिझ्याला मिडियाको साझेदारीमा “दोलखा नेपाल भाषाको संरक्षण र यसको महत्व” शिर्षकमा आज काठमाण्डौं नयाँबजारमा दोलखावासी नेवार दाजुभाई, दिदीबहीनीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

बाँपिझ्याला मिडियाका अध्यक्ष एवं बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानको अध्यक्षतामा भएको आजको कार्यक्रममा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर रहनुभएको थियो । यसै गरी विशेष अतिथिमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ र वरिष्ठ इन्जिनियर एवं समाजसेवी आत्माकृष्ण श्रेष्ठ प्रतिनिधि सभाका पूर्व सांसद एवं समाजसेवी दिव्यमणि राजभण्डारी रहनुभएको थियो ।

त्यसै गरी द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधान, बरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता मुक्ती प्रधान, नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, प्राध्यापक अमन श्रेष्ठ, कालिन्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्के, नेवाः देय् दबू दोलखा जिल्ला शाखा दोलखाका अध्यक्ष देवेन्द्र नारायण प्रधान, सिविन नेपालका अध्यक्ष माधव प्रधान, डा.सुनिल मास्के, समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ मलेकु, छिजि द्वाल्खा नेपालकी अध्यक्ष रिना श्रेष्ठ, सृजनशील महिला समाजकी अध्यक्ष अन्जु श्रेष्ठ, प्रेम पूर्ण प्रताप फाउण्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठ, साथीका लागि साथि समूहबाट कल्पना श्रेष्ठ महर्जन र सिआरडिएस नेपालको तर्फबाट अध्यक्ष प्रविण प्रधान लगायत दोलखा नेपाल भाषाकै एकरुपतामा बोलिने क्षेत्र सिन्धुपाल्चोक जिल्लाको तौथलबाट अमृत बहादुर श्रेष्ठ, रामकुमार श्रेष्ठ, भेष कुमार श्रेष्ठ अनि सिन्धुपाल्चोक जिल्लाकै लिस्तिबाट चमेरी प्रधान, शंकर प्रधान, डम्बर बहादुर प्रधान र चक्र बहादुर प्रधानको उपस्थिति रहेको थियो ।

आजको कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरू प्रति आभार व्यक्त गर्नुहुँदै समकालीन एकता समाजकी अध्यक्ष सकुना श्रेष्ठ मलेकुले स्वागत मन्तव्य बाट स्वागत गर्नु भएको थियो । यसरी स्वागत मन्तव्यको क्रममा बाँपीझ्याला परिवारले जुन दोलखाको नेपाल भाषा सम्वन्धी अभियान संचालन गरेर सहयोग गर्दै आएको छ । त्यसमा आफ्नो पनी सहयोग र सद्भाव रहन्दै आएको छ र यसमा सम्पूर्ण दोलखावासीहरुको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

विषय अन्तर्गत दोलखा नेपाल भाषा बोलिने प्रारम्भिक स्थल, भौगोलिक विविधता र क्षेत्रबारे द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधानले प्रकाश पार्नुभएको थियो भने दोलखा भाषाको उद्गम बिन्दू र भाषाको धार्मिक कथन, ऐतिहासिक सहिष्णुता अनि संरक्षणको लागि गर्नुपर्ने क्रियाकलाप बारेमा बरिष्ठ अधिवक्ता एवं पूर्व न्यायाधिवक्ता मुक्ति प्रधानले बताउनु भएको थियो ।

त्यसैगरि दोलखा नेपाल भाषाको संरक्षण र सम्वद्र्धनका लागि लागिपरेका बाँपिझ्याला मिडिया लगायत अन्य भाषाविद् व्यक्तित्वहरूलाई धन्यवाद र शुभकामना व्यक्त गर्नुहुँदै पूर्व सांसद दिव्यमणि राजभण्डारीले दोलखा नेपाल भाषामै आफ्ना मन्तव्य दिनुभएको थियो । यही मन्तव्यको क्रममा उहाँले दोलखा नेपाल भाषाको निरन्तरताको लागि नियमित अभ्यास अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो । मन्तव्यकै सिलसिलामा प्राध्यापक अमन श्रेष्ठले यदि दोलखा नेपाल भाषाको मौलिकतालाई जोगाउने नै हो भने अन्य भाषालाई मिसाएर सम्बोधन, अभिवादन र परिभाषा दिने कार्यलाई बढावा दिनुहुन्न भन्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

यसैगरि आजको कार्यक्रमको उद्देश्यलाई प्रकाश पार्नुहुँदै आजको कार्यक्रमका सभापति एवम् बाँपिझ्याला मिडियाका सम्पादक उपेन्द्र प्रधानले आपूmले निकै लामो समयदेखि दोलखा नेपाल भाषाका प्रचारप्रसार गर्नुका साथै शब्दकोष समेत प्रकाशनमा ल्याई सकेको र दुईपाना पत्रिकाका बाट शुरुवात गरेका दोलखा नेपालभाषाको पत्रिकालाई आज शुभचिन्तक सहयोगीहरुको कारणले गर्दा अनलाईन हुर्दै अनलाईन टेलिभिजन सम्म प्रशारण गर्न सफल भएको बताउनु भयो । यसै गरी दोलखाको नेपाल भाषा, यसको विकासक्रम र महत्वमाथी प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

आजको कार्यक्रमका विशेष अतिथि एवम् वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठले भाषा र संस्कृति जोगाउनको लागि मन लगाउनु पर्छ, भाषागत शिक्षाको विकास हुन जरुरी छ भन्नुहुँदै आपूmले दोलखाको नेपाल भाषामा लागि परेका पत्रकारहरुलाई आफ्ना हजुरआमा चन्दशोभाको सस्मरणमा बार्षिक ७,५००/– राशीको पुरस्कारको घोषणा गर्नु भयो । त्यसैगरि उहाँले दोलखाको करण्धीमा इन्जिनियर कलेज बनाउने परिकल्पना पनि लगभग पुरा हुनेकुरा बताउनु भएको छ ।

आजका कार्यक्रमका प्रमुख अतिथी एवं भिमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धरले मातृभाषा र यसको महत्व माथि आफ्नो बिचार व्यक्त गर्दै मातृभाषा आफ्नो छोराछोरीहरुलाई सिकाउन बुबाभन्दा आमाको काख नजिक भएकोले पनी यो मातृभाषाको नामाकरण भएको हो भन्नु भयो ।

यसै गरी दोलखाका नेवारजातीले बोलिने नेपाल भाषा अन्य स्थानका नेवार जातीले बोलिने नेपाल भाषाभन्दा भिन्न र आफ्नै मौलिकता रहेकोले यसको संरक्षण गर्नु जरुरत रहेको बताउनु भयो । यसको लागि आफु र भिमेश्वर नगरपालीकाले दिल खोलेर सहयोग गर्ने बताउनु भयो । यसै गरी आफ्नो मातृभाषा संरक्षणको लागि बाँपीझ्याला मिडिया र सम्पादक उपेन्द्र प्रधानले जुन भूमीका खेलेको छ त्यो प्रशंसनिय रहेको भन्नु हुर्दै यस अभियानमा आफ्नो सहभागी हुने र सहयोग रहने समेत बताउनु भयो ।

यसै गरी आजका कार्यक्रमका विशेष अतिथी एवं भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले आज यस कार्यक्रमा आफुले भिन्नै अनुभूति लिएको र कतै दोलखा यही पो हो भन्ने महशुष भएको काठमाण्डौं दोलखावासी सम्पूर्ण बा, आमा, मामा, काका, दाजुभाई, दिदिबहीनीहरुलाई कर्मथलो काठमाण्डौं बनाएर बसे पनी जन्मथलो दोलखामा पनी गईरहनु पर्ने र जानु पर्छ भनी आग्रह गर्नु भएको थियो ।

आजको कार्यक्रममा पत्रकार प्रवीण जोशी स्टार एक्स्प्रेस साप्ताहिकका संपादक, कुमार रञ्जित उज्यालो एफएम लहनाका प्रस्तोता, फोटो पत्रकार विनोद महर्जन, महेन्द्र श्रेष्ठ तथा अनलाइन पत्रकारको पनि उपस्थिति रहेको थियो ।

समयानुभावका कारण केही कुरा राख्न चाहने पाहुना महानुभावहरूको सदिच्छालाई समयाभावको कारण समय दिन नसकेकोमा आयोजक तर्फबाट क्षमाप्रार्थी छौं । साथै यो कार्यक्रम विशेषतः भीमेश्वर नगरपालिका अन्तर्गतको परेकोले सोही अनुरुप सञ्चालन भएको जानकारी गराउँदछौँ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment