Search

हजुरको आजको दिन, २०७९ माघ १२ गते, बिहीवार, २६ जनवरी २०२३

हजुरको आजको दिन, २०७९ माघ १२ गते, बिहीवार, २६ जनवरी २०२३

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नियमित काम गर्दै नयाँ कामसमेत प्रारम्भ गर्न सकिनेछ। व्यापार बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। सट्टापट्टा तथा चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले दिगाे फाइदा दिलाउनेछ। साथीभाइको सहयोगले उत्साह जगाउनेछ। नयाँ योजनासमेत कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!