बाँपीझ्याला, काठमाण्डौं । प्रतिभाशाली गायिका पूर्णिमा लामा कलिलो उमेरमै साङ्गीतिक क्षेत्रमा स्थापित बन्नुभएको छ। डेढ दशकदेखि गीतसङ्गीत क्षेत्रमा सक्रिय लामाले हालसम्म चाररपाँच सयको हाराहारीमा गीत गाइसक्नुभएको छ।
लामाको ‘आगो’, ‘बन्दुक र गोली’लगायतका गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ। यसबाहेक उहाँको ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’लगायतका गीत चर्चामा छन्।

देश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा समेत लामाले विभिन्न सङ्घसंस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ। लामा कोरिया, हङकङ, कतार, यूएई, मलेसियालगायतका देशमा पुगेर दर्शकको मनभित्र बसिसक्नुभएको छ।