Search

बन्द रहेका ६ हल ‘पठान’ देखाउन आजदेखि पुनः सञ्चालन हुँदै

बन्द रहेका ६ हल ‘पठान’ देखाउन आजदेखि पुनः सञ्चालन हुँदै

बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘पठान’ आज बुधबारदेखि विश्वका १०० भन्दा बढी देशमा रिलिज हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट रिलिज हुन लागेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या बलिउडका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।

नेपालमा समेत यो फिल्म १५० भन्दा बढी हलमा रिलिज हुँदैछ । पठानको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार बन्द भइसकेका ६ वटा नेपालका हल ‘पठान’सँगै पुनः सञ्चालन हुँदैछन् । जसमा मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरु छन् । ‘सधै‌भरि पुनः सञ्चालन हुने योजनासहित यी हल चल्न लागेका हुन्,’ कम्पनीका मनोज राठीले बताउनु भयो ।

भारतमा भने बन्द भइसकेका २५ हल ‘पठान’ रिलिजसँगै पुनः सञ्चालनमा आउन लागेको जनाइएको छ ।

नेपालमा बुधबारका ९० प्रतिशत शो मंगलबारसम्मै अग्रिम बिक्री भइसकेको छ । वितरक राठीले बुधबारको ओपनिङमा अकुपेन्सी शतप्रतिशत पुग्ने र डेढदेखि दुई करोड रुपैयाँ ग्रस कमाउने दाबी गरे । कबड्डी ४ को कुल ओपनिङको आधा पठानले गर्ने उनको तर्क छ । कबड्डी ४ को ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो ।

हलहरु थपिएको र सोलो रिलिज भएकाले पनि पठानको कमाइमा कुनै अवरोध नआउने अनुमान ब्यांकटेस इन्टरटेनमेन्टको छ । नेपालमा पठानको क्रेज निकै उच्च देखिएको छ भने शाहरुख खानका फ्यानले प्रमुख मल्टिप्लेक्समा बुधबारका केही शो बुकिङ गरिसकेको समेत जनाइएको छ ।

झण्डै साढे दुई करोडमा खरिद गरिएको नेपाल राइटको लगानी उठाउन पनि फिल्मले न्यूनतम नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । सुरुवाती चार दिनमा फिल्मको कमाइ साढे चारदेखि पाँच करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment