Search

ब्रेन पावर कार्यशाला गोष्ठी सम्पन्न

ब्रेन पावर कार्यशाला गोष्ठी सम्पन्न

बाँपीझ्याला, काठमाण्डौं । होलिष्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरको आयोजनामा ब्रेन पावर कार्यशाला काठमाण्डौंमा सम्पन्न भएको छ ।

दुई दिन भएको उक्त कार्यशालामा मानब मस्तिष्कको असिमित क्षमतालाई सकरात्मक उपयोग गरि खुशी, स्वास्थ, सम्बृद्धिका साथै अध्यात्मिक चैतन्यता महशुष गराउन प्रशिक्षण गराइएको संस्थाको अध्यक्ष मनोबिद बिपुला श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

कार्यशालामा प्रशिक्षण रेकी ग्राण्ड माष्टर एवं ब्रेन पावर प्रशिक्षकद्वय रन्जन प्रजापती र आदर्श प्रधानले गराउनु भएको थियो ।

आफ्नो मस्तिष्कको क्षमताको बारेमा बुभेर दिनमा केही समय ब्रेन पावरको अभ्यास गर्ने हो भने आफूले चाहेको सफलता प्राप्त गर्न सक्ने प्रशिक्षक रन्जन प्रजापतीले बताउनु भयो ।

मानब मस्तिष्कको खोजसँगै थुप्रै रहस्यहरु बिज्ञानले उजागर गर्दै गरेको परिपेक्षमा हाम्रो बिचार नै उर्जाको स्रोत हो र यसले हरेक सफलता असफलतालाई निर्धारण गदर्छ, सोचलाई बदलेर जीवन बदल्न सकिने प्रशिक्षक आदर्श प्रधानले बताउनु भयो ।

ब्रेन पावर कार्यशाला आउँदा दिनमा नेपाल भरी नै स्कुल, कलेजहरुमा समेत गराउने कार्यशालाका संयोजक एवं रेकी माष्टर सबिना अधिकारीले जानकारी दिनुभयो ।

कार्यशालाको ब्यबस्थापन पिक्सेल स्टुडियो र पार्टियार्ड ब्याङ्क्वेट एण्ड इभेन्ट्सले गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment