Search

पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिए करिब ८ हजार जना विद्यार्थीले

पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिए करिब ८ हजार जना विद्यार्थीले

६ माघ, बाँपीझ्याला, काठमाडौँ । पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) करिब ८ हजार जना विद्यार्थीले लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार पुसमा सात हजार ८५१ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया लगायत ४२ देशका लागि विद्यार्थीले एनओसी लिएका छन् । शाखाको अनुसार एनओसीबाट सरकारले एक करोड ६६ लाख बढी राजस्व संकलन गरेको छ । विभिन्न कारणले ८२ जनाको एनओसी रद्द भएको शाखाले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment