बाँपीझ्याला, काठमाडौँ । मेलवर्नमा अत्यधिक गर्मी बढेपछि अस्ट्रेलियन ओपन टेनिसको दोस्रो दिनको अधिकांश खेल स्थगित भएको छ । मेलवर्नको तापक्रम ३५ डिग्री सेल्सियस भन्दामाथि पुगेका कारण खेलहरू स्थगित गरिएको बीबीसीले जनाएको छ ।
तर छानामुनी हुने खेलभने जारी नै रहेको छ । बेलायतका डान इभान्सले अर्जेन्टिनाका फाकुनाडो बागनिसविरुद्ध दुई सेटमा अग्रता बनाइरहँदा खेल स्थगित गरिएको थियो । तर एन्डी मरे र माटेओ बेरेनिटीबीचको खेल भने खेलाइएको थियो ।