Search

अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने

अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने

बाँपीझ्याला, काठमाडौँ । अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले फिल्म निर्देशन गर्ने जानकारी दिइयो । वैशाखदेखि छायांकन हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ । ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठले नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई फिल्ममा चित्रण गरिने बताए । अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने उनले जनाए ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोलाबहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए । फिल्मको कथावस्तु राम्रो रहेको उनको दाबी छ ।

फिल्ममा सविन एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । कार्यक्रममा उनले भने, ‘मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि भिन्न लाग्न सक्छ ।’ रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन सेयर गर्न उनी उत्साहित देखिएकी छन् ।

निर्देशक श्रेष्ठले यसअघि अष्ट्रेलियामा नेपालीले गर्ने संघर्षको कथावस्तुमा ‘डलर एयूडी’ निर्देशनको घोषणा गरेका थिए । उक्त फिल्मको पनि छायांकन चाँडै सुरु हुने उनले बताए । अष्ट्रेलियाबारेका यी दुई फिल्मपछि निर्देशक श्रेष्ठले नेपाली कथावस्तुमा एक एक्सन थ्रिलर फिल्म निर्देशन गर्दैछन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment