Search

प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकियो

प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकियो

बाँपीझ्याला, काठमाडौँ । यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकिएको छ । काभ्रेको पनौतीमा आइतबार अन्तिम गीतसँगै फिल्मले दुई महिनामा छायांकन पूरा गरेको हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले छायांकनसँगै आफूहरु पोस्ट–प्रोडक्सन र प्रचारप्रसारको योजनामा अघि बढ्ने बताए ।

फागुन १९ गते प्रदर्शन मिति तय गरेको फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुन् । दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायत कलाकार फिल्ममा छन् । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् । ‘फिल्म छायांकन दुई महिनामा बल्ल सकिएको छ, अबको योजना प्रचारप्रसारमा केन्द्रित हुनेछ,’ दीपकले भने ।

‘छक्कापञ्जा’को चौथो श्रृंखला राजनीति र सामाजिक कथावस्तुमा आधारित हुनेछ । अघिल्ला सिरिजमा पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षादेखि तन्नेरीको प्रेमकथा यसका कथावस्तु बनिसकेका छन् । यो फिल्मका अघिल्ला तीनै सिरिजले घरेलु बक्स अफिसमा दुई अंकभन्दा बढीको कमाइ गरेका छन् । चौथो श्रृंखलालाई पनि लिएर दर्शकमाझ व्यापक पर्खाइ छ ।

उक्त मितिमा निगम श्रेष्ठको निर्देशन रहेको ‘छड्के २’ र सुरज पाण्डेको ‘परस्त्री’ले पनि प्रदर्शन मिति घोषणा गरेका छन् । तीनै फिल्मले सोही मितिबाट पछि नहट्ने दाबी गरिरहेका छन् । ‘परस्त्री’लाई चाहिं नेपाल र भारतमा रिलिजको योजना बनाइरहेको निर्देशक पाण्डेले बताए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment