Search

माघे संक्रान्ति (मंकर सक्रान्ती) र नेपाली परम्परा

माघे संक्रान्ति (मंकर सक्रान्ती) र नेपाली परम्परा

माघे संक्रान्ति नेपाली परम्परामा अहिले जो कोहीले मान्दै आएपनि विशेषतः किराँती वंशका अनुयायी र तिनका वंशजमा आएका सन्तानहरूले धुमधामकासाथ मनाउँदै आएका छन् । यसमा यही जातित्व भनेर छुट्ट्याउनुपर्ने जरुरी देखिन्न, किनकि यो एउटा भौगोलिक वातानुकूलित विषय पनि हो र यो ब्रम्हाण्ड सम्बन्धिको भौतिक शास्त्र अन्तर्गत पनि पर्दछ ।

सूर्य, पृथ्वी र अन्य ग्रह समेतमा पर्ने यो विज्ञान शास्त्र अन्तर्गत पनि पर्न आउँछ । ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।

सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

माघे–मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाईने चलन रहेको छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् ।

महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । मकर संक्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा पनि पुष्टि गर्न सकिन्छ ।

महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए्र । त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

यही माघे संक्रान्तिमा चेलीबेटीलाई बोलाएर मिठोमसिनो खाने खुवाउने, इष्टमित्र बीचमा सौहार्दमय वातावरण बनाउने एक किसिमको मिलन पर्व जस्तै हो यो । किराँती सभ्यताको परिवेशमा परेका स्थानमा यो पर्वमा आफ्नै तरिकाले मनाए पनि नेवारहरूले भने “घ्योचाकु सन्हु” भनेर देवी देवतालाई पूजा अर्चना गरेर, घ्यु, चाकु, तरूल, तिलको लड्डु बाँडचुँड गरेर खाने प्रचलन छ ।

तर यो बेलामा नेवार जातिका ज्वाइँहरू भने ससुराली जाने चलन छैन । कतै कतै यहीदिन भजन किर्तन गरेर नाचगान पनि गर्ने गर्छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!