Search

फिफा द बेस्ट अवार्डको मनोनयन सार्वजनिक

फिफा द बेस्ट अवार्डको मनोनयन सार्वजनिक

२९ पुस, बाँपीझ्याला, काठमाडौँ । फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, गोल्डेन बुट विजेता फ्रान्सका केलियन एम्बाप्पेसमेतलाई समाबेश गरी फिफाले द बेष्ट अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

विश्व फुटबल महासंघ (फिफा)को विज्ञहरुको दुई समूहले मनोनयनमा पर्ने खेलाडीको टुंगो लगाएको हो । आफूलाई मन पर्ने खेलाडीलाई मतदान दिनका लागि सर्वसाधारणले ३ फेब्रुअरीसम्म फिफा प्लस एपमार्फत मतदान गर्न सक्नेछन् ।

फिफा द बेष्टको पुरुषतर्फ लियोनल मेस्सीसहित रियल मड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिच र रियलकै उनका साथी खेलाडी करिम बेन्जेमा, बोरुसिया डर्टमण्डका इंग्लिस मिडफिल्डर जड बेलिङघमको नाम पनि सर्टलिष्टमा छ ।

इंग्ल्याण्डकी लिया विलियमसन, बेथ मेड र केइरा वाल्श, चेल्सीकी साम केर, जेसी फ्लेमिङसहित गत वर्षकी विजेता स्पेनकी एलेक्सिया पुटेल्लास महिलातर्फ सर्टलिष्टमा छन् । विश्वविजेता अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी, पेप ग्वार्डिओला, सरिना विगम्यान र एम्मा हायेस प्रशिक्षकतर्फ मनोनयनमा परेका छन् । पुरुष गोलकिपरतर्फ विश्वविजेता इमिलियानो मार्टिनेजसहित मनोनयनमा छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!