Search

फेसन रनवेमा अभिनेत्री स्वस्तिमा खड्का

फेसन रनवेमा अभिनेत्री स्वस्तिमा खड्का

बाँपीझ्याला, काठमाडौँ । अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले जेम्स एण्ड ज्वेलरी फेसन रनवे नापेका छन् । बिहीबार बेलुका याक एण्ड यति होटलमा आयोजित फेसन शोमा उनीहरुले नेपालमा उत्पादित गहना र पहिरन लगाएर फेसनको जादू छरे ।

स्वदेशी गहना आउलेटहरुले यी सेलिब्रिटीलाई आ–आफ्नो ब्राण्डको फेसन शो स्टपरको रुपमा प्रस्तुत गरेका थिए । गेरु वस्त्रको पहिरनमा स्वस्तिमा हट देखिएकी थिइन् भने मलिका र उपासनाले पनि सौन्दर्यमार्फत दर्शकको ध्यानाकृष्ट गरे । शोको पहिलो लहरमा विभिन्न उद्यमी, गहना व्यवसायी र फेसन आइकन उपस्थित रहे । यी सबै फेसन शोको कोरियोग्राफी सविता कार्कीले गरेकी थिइन् ।

तर फेसन रनवेको मुख्य शो स्टपरको रुपमा बलिउड फेसन आइकन मलाइका अरोरा थिइन् । छड्के तिलहरी र लेहेंगा लगाएर मलाइका रनवेमा प्रस्तुत भएकी थिइन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको तीनदिने एक्स्पोको पूर्वसन्ध्यामा फेसन शो आयोजना गरिएको थियो । एक्स्पो चाहिं शुक्रबारदेखि तीन दिनसम्म याक एण्ड यति होटलमा चल्दैछ । मलाइका अरोरा आजै बिहान मुम्बई फर्किएकी छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment