Search

प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा

प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा

बाँपीझ्याला, काठमाडौँ । हरर थ्रिलर ड्रामा फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । २ घण्टा २१ मिनेट लामो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायत कलाकार छन् ।

मण्र्य जेम्स र यश सैनी निर्देशित फिल्म हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ । नेपालका हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा ‘चि मुसी चि’ प्रदर्शनमा आएको हो ।

वास्तविक घटनामा आधारित कथावस्तुमा बनाइएको भनिएको फिल्मले अपार्टमेन्टमा बसोबास गर्ने एक दम्पतीको जीवनमा आउने अनौठा घटनालाई प्रस्तुत गर्छ । फिल्म रिलिजअघि निर्देशकले प्रिभ्यु सार्वजनिक गरेका छन्, जसमा यो फिल्मको कथावस्तुलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।

फिल्मको कथा एक घटनाबाट सुरु हुन्छ । काम गरेर जीवन चलाइरहेका एक दम्पती छन् जसको जीवनमा केही अनौठा घटना हुन्छन् । एकपछि अर्को गरी हुने दुर्भाग्यपूर्ण घटनामा अपार्टमेन्टमा बस्ने अन्य व्यक्ति पनि जोडिन आउँछन् । उनीहरु सबैले भयानक उपस्थितिको अनुभव गर्न थाल्छन् । पात्रले मनोवैज्ञानिक तनाव महसुस गर्छन् । फिल्ममा फरक–फरक व्यक्ति र परिदृश्य छन् । जीवनमा आउने नयाँ परिस्थितिलाई पात्रले कसरी सामना गर्छन् भन्ने कथावस्तु यसमा छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!