Search

होस पू¥याउ कमरेडहरू…..

होस पू¥याउ कमरेडहरू…..
बिके पासा

जनभूमिमा जित्यौ रे,
आश्वस्त थियौँ जित्छौ भनेर,
रणभूमि बनाउनेहरू जिल्ल परे क्यारे,
तिकडम गर्नेहरू उत्तानो परे,
आँखिर जित हार त भै नै हाल्छ,
तथापि मेरै बनिबुतोले जितेँ नसम्झ,
जहाँ जनविश्वास हुन्न,
त्यहाँ पराजय स्वीकार्नै पर्छ ।

बडा ठूलाहरू पाखा लाग्या बेलामा,
तिमीमा स्वार्थका भाका फेरिएन र त,
जित्यौ प्रतिस्पर्धामा,
अब उही नाम्लो उही कुम्लोको भाकामा,
नाच्न छोडिदेऊ,
साइनो सबैमा समान जोडिदेऊ,
नाताबन्धुको लेखाजोखा तोडिदेउ,
जनबन्धुहरूमा विश्वास मोडिदेऊ,
भलाइ यसैमा हुनेछ कमरेड !

आसेपासे झुम्मिएलान् वरिपरि,
चम्चा काँटा घुम्लान् घडीघडी,
मुसार्न खोज्लान् रात–दिनभरि,
मानौं, फुत्किएलान् सूनको छडी,
त्यसैले होशियार बन कमरेड !

परको भनेर सौतेलो नदेखाऊ,
वरको भनेर शीरैमा नटेकाउ,
धर्ती सबैको साझा भन्ने जान,
आवस् बुद्धि, विवेक र ज्ञान,
ससमान कर्तव्यलाई आफ्नो ठान,
बधाई छ तिमिलाई यही हो दान ।

–दोलखा, अभयपुर ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment