Search

अवसरेको देश भन्न बेर नलाग्ला

अवसरेको देश भन्न बेर नलाग्ला

बालकृष्ण “पासा”

यस देशमा जबसम्म चेतना नजाग्ला
मतलबीको देश भन्न बेर नलाग्ला ।

अब बाँकी के नै छ र भन्न,
देशमा बाँकी नै के छर गन्न,
बाँचेका छन् नेपाली यहाँ धन्न,
विदेशकै छ यहाँ बासी अन्न !

अनि नेपाली किन विदेशतिर नभाग्ला,
अल्छिहरूको देश भन्न बेर नलाग्ला ।

घरेलु उद्योगहरू थाले आगो बाल्न,
जडिबुटी नि लागे विदेशी नै पाल्न,
खेतबारी बाँझो छ छैन बिउ हाल्न,
गरीबको घरमा हुन्न शरीर टाल्न,

जब दीनदुःखीको घरमा केही नपाक्ला,
भोकमरीको देश भन्न बेर नलाग्ला ।

ठूलाठालुहरू आयोगमै हुने मस्त,
काम चालु गर्ने बिजोकमा कष्ट,
महलवालाहरू कब्जा गर्न व्यस्त,
निमुखालाई जहिल्यै भय संत्रस्त,

यस्तै भएमा सँधै सुखचैनले नढाक्ला,
सुकुम्बासीको देश भन्न बेर नलाग्ला ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!