Search

घण्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको छ: ओली

घण्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको छ: ओली

बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा नै आलोचना गरेका छन् । अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् ।

उनले संयोग नै भए पनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर गर्दै चिन्ता समेत व्यक्त गरे ।

पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिडम पार्टीको नाम र झण्डा फोटोकपीको रूपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताए ।

ओलीले अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत उल्लेख गरे ।

ओलीले लामिछाने नेतृत्वको सो पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रूपमा समेत चित्रण गरे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment