Search

समानुपातिकमा एमालेको अग्रता

समानुपातिकमा एमालेको अग्रता

बाँपीझ्याला, काठमाण्डौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। मंगलबार दिउँसो ४ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ।

जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेका ३ क्षेत्रमध्ये २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा एमालेले अग्रता लिएको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९८ लाख ८ हजार ९२७ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। एमालेले २६ लाख ४३ हजार १९१ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ९९ हजार १४५ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख २७ हजार ७६८ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार १७२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५९ हजार २७७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ७७ हजार १७२ मत र जनमत पार्टी ३ लाख ३३ हजार ९३७ प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ७७ हजार ३ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार ८५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४३ हजार ५६५ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!