Search

फिल्म ‘भगवत् गीता’का लागि अभिनेत्री सुहानाको जोडीको खोजी

फिल्म ‘भगवत् गीता’का लागि अभिनेत्री सुहानाको जोडीको खोजी

बाँपीझ्याला, काठमाडौँ । अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म हो ‘भगवत् गीता’ । प्रेमकथामा बन्ने सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहनेछिन् । फिल्मका लागि अभिनेत्री सुहानाको जोडीका खोजी सुरु भएको छ ।

निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।

फिल्मका लागि नायकको अलवा बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो । अगामी वैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको फिल्मको छायांकन सेडुल यही मंसिर भनिएको छ । तर कलाकार फाइनल नहुँदा फिल्मको छायांकन अन्योल बन्दै गएको छ । फिल्म जनकपुर, दार्चुला काठमाडौंमा छायांकन हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!