Search

कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दै

कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दै

१२ मंसिर, बाँपीझ्याला, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दैछन् । यो खेल साँझ पौने ७ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । समूहचरणको पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो । घाना भने रोमाञ्चक खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको थियो । दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

घानालाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न पनि जित आवश्यक छ । पहिलो चरणमा अफ्रिकाका पाँच वटै राष्ट्रले जित निकाल्न सकेका थिएनन् । दोस्रो चरणमा सेनेगलले आयोजक कतार र मोरक्कोले बेल्जियमलाई पराजित गरिसकेको छ । घाना पनि अफ्रिकन टिमको त्यो लयलाई निरन्तरता दिन चाहन्छ । ट्युनिसिया भने दोस्रो चरणमा अष्ट्रेलियासँग पराजित भइसकेको छ । अर्को अफ्रिकन राष्ट्र क्यामरुनले सोमबारै सर्बियासँग खेल्दैछ ।

दक्षिण कोरिया लगातार छैटौं पटक विश्वकप खेल्दैछ । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको कोरिया फेरि त्यस्तै नतिजाको खोजीमा छ । त्यसबेला टर्कीसँग पराजित हुँदै कोरिया चौथो भएको थियो । कोरिया विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो नतिजा ल्याउने टिम हो ।

उता अफ्रिकाबाट घानाले पनि त्यस्तै उपलब्धि हासिल गरेको छ । सन् २००६ मा पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको घाना त्यसलाई अझ सुधार गर्द २०१० मा क्वाटरफाइनलसम्म पुगेको थियो । अफ्रिकाबाट अहिलेसम्म क्यामरुन, सेनेगल र घाना क्वाटरफाइनलसम्म पुगेका छन् । सन् २०१४ मा भने घाना समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ को विश्वकपमा छनोट हुन सकेन ।

घाना विश्वकपमा पछिल्ला ५ खेलमा जितविहिन छ । जसमा दुई बराबरी छ भने तीन हार रहेको छ । सन् २०१८ मा साविक पूर्वविजेता जर्मनीलाई समूह चरणमा पराजित गरेको दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिएको थियो । कोरिया २०१६ पछि अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ । घाना र कोरियाबीच अहिलेसम्म ६ खेल भएका छन् र सबै मैत्रीपूर्ण खेल छन् । जसमा दुवै टिमले ३-३ खेल जितेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment