Search

कोस्टारिकाले जापानलाई हरायाे

कोस्टारिकाले जापानलाई हरायाे

१२ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ ।

अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।

कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।

कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।

कोस्टारिका २ खेलमा ३ अंक जोडेर समूह ‘ई’ को तेस्रो स्थानमा रहेको छ ।

जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो ।

जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment