Search

विश्वभर कोरोना घट्दा चीनमा ३१ हजार संक्रमित थपिए

विश्वभर कोरोना घट्दा चीनमा ३१ हजार संक्रमित थपिए

८ मंसिर, बाँपीझ्याला, काठमाडौं । कोभिड-१९ को महामारी न्यूनीकरण गर्ने कडा प्रतिबन्ध एवं नियमहरुबीच चीनमा महामारी शुरु भएयताकै एकै दिन धेरै संक्रमित थपिएका छन् । राजधानी बेइजिङ र दक्षिणी व्यापार केन्द्र ग्वाङ्झाउलगायत देशका धेरै प्रमुख शहरहरूमा कोभिड-१९को प्रकोप फैलिएको छ।

बुधबार मात्रै चीनमा ३१ हजार ५ सय २७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यो संख्या गत अप्रिलमा एकै दिन थपिएका २८ हजार संक्रमित भन्दा बढी हो भने चीनमा महामारी शुरु भएयता अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

चीनको शून्य भोभिड नीतिले करिब १ अर्ब ४० करोड जनसंख्याको देशमा संक्रमणबाट हुनसक्ने मृत्यु जोगाएको छ भने अर्थतन्त्र र आम मानिसको जीवनमा भने तनाव थपेको छ। कोभिड-१९को प्रतिबन्ध केही खुकुलोको गरेको हप्तापछि फेरि चीनमा कोभिड-१९का संक्रमित थपिएका हुन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment