८ मंसिर, बाँपीझ्याला, काठमाडौं । सरकारले एसिड एट्याक पीडितको निशुल्क औषधि उपचारका लागि चारवटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ।
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभित्रका जुनसुकै पालिकामा एसिड एट्याक परेपनि पिडीतले यी अस्पतालमा आएर निशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन्। उपचार वापतको खर्च महाशाखाले तोकिएका अस्पतालहरुमा सोधभर्ना गरिदिने व्यवस्था मिलाएको उल्लेख गरेको छ।
RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received