Search

परिजिता बास्कोटा अमेरिकी ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश

परिजिता बास्कोटा अमेरिकी ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश

बाँपीझ्याला, काठमाडौं । नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् ।

मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् ।

उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरेका छन् । अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाइज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ । भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!