बाँपीझ्याला, काठमाडौं । टीसीएलले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस् गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीको भनाइ छ ।
कम्पनीले फ्रि डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । टीसीएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो । नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुमा रहेका कम्पनीले जानकारी दिएको छ ।