Search

हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट लिए ब्रेक

हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट लिए ब्रेक

बाँपीझ्याला, काठमाडौं । हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर उनले अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनको अभिनयबाट विश्राम लिएर स्वास्थ्य र परिवारलाई ध्यान दिने सोच रहेको छ ।

क्रिसमा अल्जाइमरको रोगको लक्षण पुष्टि भएको छ । आफुमा रोग देखिएपछि उनी अभिनय भन्दा स्वास्थ्यमा बढी ध्यान दिन चाहन्छन् । ‘म कुरालाई घुमाएर गर्न पनि चाहन्नँ र नाटकीय पनि बनाउदिनँ । म मेरो काम पूरै छोड्दिनँ । तर पछिल्लो समय केही समयको लागि विश्राम लिनुपर्ने अनुभूति भएको छ,’ उनले भने, ‘अहिले म मेरा सबै प्रोजेक्टहरु पूरा गर्न व्यस्त छु । जसका लागि मैले सम्झौतामा हस्ताक्षर गरेको छु । मेरा बाँकी सबै काम सकिएपछि म घर जानेछु र केही समय विश्राम लिनेछु ।’ विश्रामको समय छोराछोरी र श्रीमतीसँग बिताउने बताएका क्रिसले आफ्नो बुबालाई पनि अल्जाइमर रोग भएको जानकारी दिएका छन् ।

क्रिसले ओटीटी शोमा आफ्नो रोगको खुलासा गरेका थिए । जब डिज्नीले उनलाई उनको अन्तरवार्ताबाट अल्जाइमरको भाग हटाउन चाहनुहुन्छ भनेर प्रश्न सोध्यो तब उनले भनेका थिए, ‘यदि यसले मानिसहरूलाई प्रेरणा दिन्छ भने, मलाई यो राम्रो लाग्नेछ । यदि मानिसहरूले आफूलाई बढी हेरचाह गरेर रोगसँग लड्ने हो भने, यो नै सही हुनेछ ।’

क्रिस चाँडै नै फिल्म ‘एक्स्ट्रेक्सन २’ मा देखिनेछन् । फ्यानहरु यो फिल्मको पर्खाइमा छन् । फिल्ममा कलाकारको दमदार एक्सन देख्न सकिनेछ । फिल्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!