Search

बेल्जियमका स्टार फरवार्ड रोमेलु लुकाकुले फिफा विश्वकपमा सुरुको दुई खेल गुमाउने

बेल्जियमका स्टार फरवार्ड रोमेलु लुकाकुले फिफा विश्वकपमा सुरुको दुई खेल गुमाउने

५ मंसिर, बाँपीझ्याला, काठमाडौं । बेल्जियमका स्टार फरवार्ड रोमेलु लुकाकुले कतारमा भइरहेको फिफा विश्वकपमा सुरुको दुई खेल गुमाउने भएका छन् । समाचार संस्था एएफपीका अनुसार लुकाकुले समूह एफमा क्यानडा र मोरोक्को विरुद्ध खेल गुमाउनेछन् ।

ह्याम्स्ट्रिङ चोटबाट रिकभर हुन प्रयासरत लुकाकुले बेल्जियमको पहिलो ट्रेनिङ सेसनमा सहभागिता जनाएनन् । बेल्जियमका लागि सर्वाधिक गोलकर्ता रहेका लुकाकुले १०२ खेलमा ६८ गोल गरेका छन् । पूर्ण रुपमा फिट नभए पनि प्रशिक्षक रोबर्टो मार्टिनेजले लुकाकुलाई विश्वकप खेल्ने टिममा समावेश गरेका थिए । २९ वर्षीय लुकाकुका लागि पछिल्लो १८ महिना कठिन समय रह्यो । प्रिमियर लिग क्लब चेल्सीमा राम्रो प्रदर्शन नभएपछि उनी लोनमा इन्टर मिलान फर्केका थिए ।

अगस्टमा पहिलो पटक चोट लागेयता उनले इन्टरका लागि जम्मा दुई खेल खेलेका छन् । गत महिना च्याम्पियन्स लिगमा भिक्टोरिया प्लेजन विरुद्धको खेलबाट लुकाकुले पुनरागमन प्रयास गरेका थिए । तर केही दिनपछि उनी फेरि घाइते भए ।

बेल्जियमले बुधबार क्याडनाविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्नेछ । २०१८ को विश्वकपको उपविजेता क्रोएसियासँग खेल्नुअघि बेल्जियमले मोरक्कोसँग खेल्नेछ ।लुकाकुको स्थानमा कसले खेल्ने भन्ने मार्टिनेजले निर्णय लिनुपर्नेछ । विश्वकपअघि इजिप्ट विरुद्धको खेलमा २-१ ले पराजित हुँदा मिची बात्सुईले पहिलो रोजाइमा खेलेका थिए । बात्सुईलाई पछि लोइस ओपेन्डाले रिप्लेस गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!