Search

८ प्रतिशत लाभाांश वितरण गर्ने प्रभु बैंकको घोषणा

८ प्रतिशत लाभाांश वितरण गर्ने प्रभु बैंकको घोषणा

०२ मंसिर, बाँपीझ्याला, काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभाांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। गतवर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!