Search

नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज

नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज

बाँपीझ्याला, काठमाडौं । आज (शुक्रबार)देखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन् ।

एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय र जयकिशन बस्नेतको प्रमुख भूमिका छ । सिंगल स्क्रिनका दर्शकलाई यो फिल्म रुचिकर हुनसक्छ । कमेडी, एक्सन, रोमान्सजस्ता फिल्मी मसला मिश्रण गरिएको फिल्म मल्टिप्लेक्समा भने रिलिज भएको छैन ।

अजय देवगण र तब्बु स्टारर बलिउड फिल्म ‘दृश्यम २’ पनि नेपालमा रिलिज भएको छ । क्राइम, ड्रामा र मिस्ट्री विधामा राखिएको फिल्मको लम्बाइ २ घण्टा २५ मिनेट छ । फिल्ममा अनुसन्धानको एउटा मनमोहक कथा र यसले एक परिवारलाई दिएको चुनौतीको कथावस्तु समावेश छ ।

नेपाली हलमा अहिले पनि हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’, नेपालको ‘महापुरुष’, बलिउड फिल्महरु ‘उचाइ’ र ‘कान्तरा’ प्रदर्शन भइरहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!