Search

दोलखा भीमेश्वरमा चोरी असफल

दोलखा भीमेश्वरमा चोरी असफल

३ मंसिर, २०७९, बाँपीझ्याला, दोलखा । प्राचीन एवं धार्मिक स्थल दोलखा स्थित साक्षात भीमेश्वरको भगवानको मन्दिरमा चोरी गर्ने ब्यक्ती पक्राउ परेको छ ।

चोरी गर्न प्रयास गर्ने रविन खुलाल

प्रतिनिधी सभा, प्रदेशसभाको पूर्व सन्ध्यामा उक्त घटना भएको छ । निर्वाचनका लागि शान्ति सुरक्षाकालागि खटिएका म्यादी प्रहरी गस्ती गरिरहेको बेलामा मन्दिरमा एकजना व्यक्ति हतासिएर लुक्न खोजेको अवस्थामा आज विहान ३ः३० बजे पक्राउ गरिएको छ भनी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

सिसि क्यामराको फुटेज अनुसार निज चोरले मन्दिर परिसरमा रहेका चन्दा बाकस फोड्न लागेको तर सफल नभएको भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यसै गरी मध्यरातमा १ः३० देखि चोर्ने प्रयास शुरु गर्दा गर्दै बिहान ३ः३० बजे भीमेश्वर मन्दिर परिसरको उत्तर तिर रहेको कृषि विकास बैंकबाट निर्मित ट्रस्ट रहेको स्थानबाट प्रवेश गर्दै पछाडी देउपाखा हुर्दै पुरानो बलिपूजा गर्ने स्थानबाट प्रवेश गरी मन्दिरमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मी पक्राउ गरेको हो भनी अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।


पक्राउ परेका चोरको अनुसन्धानको क्रममा उक्त चोर्न आउने व्यक्ति काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं। १० बस्ने सेते खुलाल र तिलकुमारी खुलालको छोरा र सुमित्रा थापामगरको पति भएको थाहा हुन आएको छ । अभियुक्तले जानकारी दिएको बयानमा उनले आफ्नी श्रीमती सुमित्राको मोबाइल नं। ९८४१००४६६४ बताएको छ ।

केही हप्ता अगाडिमात्र दोलखाको गणेश टोलमा रहेको गणेश मन्दिरको दियो बाल्न प्रयोग गरिने धातुको दियो जडान ढिका नै उप्काउर लगेको थियो । त्यस्तै गरि केही महिना पहिले भीमेश्वर मन्दिरका प्रवेशद्वारमा राखिएको कलात्मक पत्थरको मूर्ति समेत उप्काएर लगेको थियो । आज पक्राउ परेको चोरलाई स्थानीय वडा प्रहरी मार्फत निज चोरलाई जिल्ला प्रहरी कार्यालय सदरमुकाम चरिकोट चलानको लागि जाहेरी दिएको समेत थाहा भएको छ ।

निज चोरलाई नियन्त्रणमा लिने दोलखाका प्रहरी गश्ती टोलीप्रति सम्पूर्ण दोलखाली बासिन्दाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!