Search

नायिका केकीले नेता गगनलाई के भनिन ?

नायिका केकीले नेता गगनलाई के भनिन ?

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर १० का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।

गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् ।

गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् ।

राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!