Search

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

३० कात्तिक, बाँपीझ्याला, काठमाडौं । सुनको भाउ वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ । उता चाँदीको भाउ भने बुधबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । म्हासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले सस्तिएको छ । मंगलबार सुन १ हजार तथा चाँदी ३० रुपैयाँ तोलामा बढेको थियो ।

आजका लागि छापावाला सुन ९८ हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ९०० र चाँदीको भाउ १ हजार २९५ रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाला सुन प्रति तोला ९८ हजार २०० रूपैयाँ, तेजावी सुन ९७ हजार ७०० रूपैयाँ र चाँदीको १ हजार ३२५ रूपैयाँमा कारोबार भएको थियो ।

अधिक उपभोगको महिना मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्दा सुन किन्नुपर्नेहरु मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायी बताउँछन् । मंसिर महिनामा विहावारी धेरै हुने भएकाले सामान्य अवस्थाको तुलनामा तीन गुणासम्म सुनको माग हुने गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७७३ डलर तथा चाँदी प्रतिऔंस २१.५८ डलरमा कारोबार भइरहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!