३० कात्तिक, बाँपीझ्याला, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।
Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.