Search

भारतीय अभिनेत्री फातिमा छारे रोगबाट पीडित

भारतीय अभिनेत्री फातिमा छारे रोगबाट पीडित

बाँपीझ्याला, काठमाण्डौं । एजेन्सी । भारतीय अभिनेत्री फातिमा सना शेख छारे रोगबाट पीडित भएकी छन् । फातिमाले हालै सामाजिक सञ्जाल मार्फत आफू छारे रोगबाट पीडित भएको जानकारी गराएकी छन् । व्यायाम र औषधिको सहयोगले छारे रोग निको पार्ने प्रयास गरिरहेको उनले बताएकी छिन । तर, यो रोगका कारण आफ्नो काममा कहिल्यै बाधा नआएको फातिमाको विश्वास छ । यो रोगको बारेमा आफूलाई पहिलो पटक दंगलको सेटमा थाहा भएको उनले बताइन् ।

फातिमाले आफ्ना प्रशंसकहरूसँग कुराकानीको क्रममा जीवनसँग सम्बन्धित धेरै कुराहरूबारे खुलासा गरेकी छन् । उनले छारे रोगसँगको संघर्षको कथा सुनाइन् र यो रोगले आफुलाई अझ काम गर्ने प्रेरणा दिएको बताइन् ।

फातिमालाई एक प्रशंसकले छारे रोगका बिरामीलाई जुत्ता सुँघ्दा निको हुन्छ भन्ने कुरा सत्य हो ? भनेर सोधेका थिए । यसको जवाफमा फातिमाले लेखेकी छिन्, ‘यस्तो नगर्नुहोस्, यो मिथक मात्र हो । यसले रोगलाई निको बनाउँदैन् ।’

फातिमा अन्तिम पटक अनिल कपूर र हर्षवर्धन कपूर अभिनित फिल्म ‘थार’ मा देखिएकी थिइन्। उनी अहिले चलचित्र ‘धक–धक’ मा काम गरिरहेकी छिन् । यसबाहेक फातिमा फिल्म ‘साम बहादुर’मा इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!