Search

बर्जवती साकोसको तेह्रौं साधारणसभा सम्पन्न, ईन्जीनिय श्यामचन्द्रको अध्यक्षतामा कार्यसमिती चयन

बर्जवती साकोसको तेह्रौं साधारणसभा सम्पन्न, ईन्जीनिय श्यामचन्द्रको अध्यक्षतामा कार्यसमिती चयन

बाँपीझ्याला, दोलखा । दोलखाली युवाहरुमध्येको बालाजु नयाँबजार क्षेत्रमा रहेका दोलखाली युवासमूहबाट स्थाथपना गरिएको बज्रवती साकोसको तेह्रौं साधारणसभा नयाँ बजार काठमाडौंमा सम्पन्न भएको छ । भीनपा–२ दोलखाको ट्वाल्चा टोलमा जन्मेका इन्जिनियर श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा गठित सात सदस्यीय कार्यसमितिको सर्व सम्मतले चयन भएको कुरा अध्यक्ष श्यामचन्द्रले जानकारी दिनुभएको हो ।

सो समितिमा अध्यक्ष इन्जिनियर श्यामचन्द्र श्रेष्ठ, उपाध्यक्ष सुनिल श्रेष्ठ, सचिव दिपेश श्रेष्ठ, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, सदस्यहरुमा रमिता श्रेष्ठ, निरेन्द्र मास्के, रत्नेश्वर श्रेष्ठ रहनु भएको छ ।

भीनपा–२ बाट आएका दोलखाली समुदायका पेशागत व्यक्ति, विद्यार्थी तथा केही व्यापारीहरू मिलेर आआफ्नो ढंगबाट विभिन्न संघसंस्था बनाएर समाजमा केही उद्यम गरेर सबैलाई सेवा सुविधा प्रदान गर्न खोज्नेमनहरूलाई हाम्रो तर्फबाट नमन छ ।

यसै क्रममा नव निर्वाचित कार्यसमितिलाई बधाइ तथा यस साकोसले आगामी दिनहरूमा वृहत विकासमा हात बढाउन सक्ने क्षमता दोलखा भीमसेनले प्रदान गरुन् भन्ने प्रार्थनाका साथ भविष्य सफलताको शुभकामना व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!