Search

भारतीय अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने

भारतीय अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने

बाँपीझ्याला, काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् ।

मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने जनाएको छ ।

भारतीय सर्वोच्च सम्मानहरु पद्मश्री र पद्मभूषणबाट सम्मानित अभिनेत्रीले नाट्य महोत्सवको दौरान हुने इनोभेटिभ आइडिया अवार्ड वितरण गर्ने भएकी छन् । सन् १९७४ मा श्याम बेनेगल निर्देशित फिल्म ‘अंकुर’बाट आजमीले अभिनय करिअर थालेकी थिइन् ।

नाट्य महोत्सवमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटक मञ्चन हुँदैछन् । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव’ नारासहित महोत्सव हुन लागेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!