Search

‘सरी मम’ फिल्मको शीर्ष गीत सार्वजनिक

‘सरी मम’ फिल्मको शीर्ष गीत सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । ‘एन्टी ड्रग्स’ अभियान सहित निर्माण भएको फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ, भने शब्द संगीत प्रज्वल श्रेष्ठ र नवीन बोगटीको छ । आगामी मङ्सिर १५ मा रिलिज हुने फिल्मका निर्माता विनोद लामा हुन् ।

निर्माता लामाले फिल्म एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज गर्ने घोषणा गरे । हलमा सार्वजनिक प्रदर्शन पश्चात् फिल्मलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पुर्‍याउने अभियान सुरु गर्ने लामाले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा अभिनेता हमालले राज्यस्तरबाट सञ्चालन हुनुपर्ने अभियानसहित सोही विषयमा फिल्म निर्माण गरेकोमा निर्माण टिमलाई बधाई दिए । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाले स्कुल कलेजमा पढ्दै गरेका थुप्रै विद्यार्थीहरू कुलतको शिकार बनिरहेको भन्दै त्यो बाटो बन्द गर्न यो प्रकारको फिल्मले सकारात्मक सञ्चार दिने बताइन् ।

मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरू प्याब्सन , एन–प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ ।

एनएफआई क्रिएशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनय छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!