बाँपीझ्याला, काठमाडौं । भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पाँचखाल घर भएका २३ वर्षीय सन्दिप बस्नेत छन् । कार्तिक २६ मा साँझ सल्लाघारीबाट सैनिक स्कुलतर्फ जाँदै गरेको बा.७ च ०८१५ नम्बरको कारले सल्लाघारी तर्फ फर्किंदै गरेको बागमती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका सन्दिप बस्नेको उपचारको क्रममा डा. ईवामुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
कार चालक भक्तपुर नगरपालिका–४ पोटरस्क्वायर बस्ने २० वर्षीय आयुष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।