बाँपीझ्याला, दोलखा । नेकपा माओवादी केन्द्र दोलखाकि नेतृ देवि खड्काले आज जिरी नगरपालिकामा आयोजित एक वडा भेलामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छोड्लान तर आफू पार्टी नछोड्ने जिकिर गरेकी छन् ।
गठबन्धनले आज आयोजना गरेको वडा नम्बर ८ स्थित राम्बोलेमा खड्काले दोलखा माओवादी केन्द्रकी इन्चार्जबाट राजिनामा दिएपछिको बाहिरी भ्रमलाई चिर्नका लागि यस्तो बताएकी हुन ।
खड्कालाई आफुले इन्चार्ज जिम्मेवारीबाट पन्छिएको मात्रै नभई माओवादी परित्याग गर्न खोजेको र गठबन्धनलाई खुलेर सपोर्ट नगर्ने जस्ता सबै दलका नेताकार्यकर्तामा आभास भएको थियो ।
तर आज उहाँले भन्नुभयो, एमालेका साथीहरू गठबन्धन भित्र किचलो छ, चुनाव जितिन्छ भन्ने सपना नदेख्दा राम्रो, प्रचण्डले पार्टी छोड्न सक्छ तर म छोड्न सक्दिन ।“
आज देवि खड्काले सार्बजनिक रुपमा यस्तो तर्क राखेपछी जिरीका केही राजनीतिक दलहरुमा जुन विषय निकै चियोचर्चोको बिषय बन्न थालेको छ ।
नेकपा माओवादी केन्द्रकि नेतृ देवी खड्काले केही समय अगाडि स्वास्थ्यमा समस्या देखाउदै दोलखा माओवादी केन्द्रकी इन्चार्जबाट राजीनामा दिएकी थिइनँ । खड्काले पार्टी हेडक्वार्टरसमक्ष राजीनामा दिएकी हुन् ।