Search

बाग्लुङ –२ मा मन्त्री देवेन्द्र पौडेल र एमालेका मञ्जु शर्मा चालिसे बिच प्रतिस्पर्धा हुने

बाग्लुङ –२ मा मन्त्री देवेन्द्र पौडेल र एमालेका मञ्जु शर्मा चालिसे बिच प्रतिस्पर्धा हुने

बाँपीझ्याला, काठमाण्डौं । ढोरपाटन आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ–२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा होमिएका छन्। यसै गरी पौडेलको प्रतिस्पर्धीका रूपमा एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसेलाई लिइएको छ ।

अहिले पौडेललाई नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ । अघिल्लो निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतान्तरले पराजित गरेका थए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले १९ हजार नौ सय पाँच मत ल्याएका थिए।

यस क्षेत्रमा छ पालिकाका ४८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा ढोरपाटन नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूह र अन्य सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।

पौडेलको गृहक्षेत्र निर्वाचन क्षेत्र नं १ भए पनि उनी २ नं क्षेत्रबाट चुनाव लडिरहेका छन्। अघिल्लो पटक यहाँबाट निर्वाचित भएर मन्त्रीसमेत बनेका माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेललाई आफ्नै पार्टीका नेताको बागी उम्मेदवारीले चुनौती थपेको छ ।

गत स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौ हजार नौ सय ३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार चार सय ३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार पाँच सय आठ पाएको थियो ।

स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा टिकट नपाएपछि एमाले उम्मेदवार चालिसे बागी उम्मेदवार बनेका थिए । चुनाव सकिएपछि उहाँ एमालेमा प्रवेश गरेका थिए । उनले एमालेमा प्रवेश गरेको केही समयमै टिकट पाएका थिए ।

यस क्षेत्रमा पौडेल र चालिसेसहित राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्र उम्मेदवार अर्याल र डिलबहादुर कार्की गरी सात जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!