Search

तल झर्‍यो नेप्से, कारोबार रकम १ अर्ब ११ करोडमा सीमित

तल झर्‍यो नेप्से, कारोबार रकम १ अर्ब ११ करोडमा सीमित

बाँपीझ्याला, काठमाण्डौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २३.५२ अंकले घटेको छ। आज नेप्से १.२३ प्रतिशतले घटेर १८९३.७० बिन्दुमा पुगेर बन्द भएको हो।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेकोे छ।


बुधबार १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा सीमित भएको छ।

यस दिन २२६ वटा धितोपत्रको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३३१ रुपैयाँ ५० पैसामा बन्द भएको छ।

त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य २.७७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २६० रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६४ रुपैयाँमा झरेको छ।

त्यस्तै, किसान लघुवित्तको सेयर मूल्य ५.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७८२ रुपैयाँ कायम भएको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ६२१ रुपैयाँ ६० पैसामा १० करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेकोे छ। उक्त कम्पनीको ६६८ रुपैयाँमा ३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशतले घटेको छ।

त्यस्तै, अन्य समूहकोे परिसूचक २.३४ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक २.०७ प्रतिशतले घटेको छ।

व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!