Search

अनुमतिविना ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

अनुमतिविना ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

२३ कात्तिक, बाँपीझ्याला, काठमाडौं । आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् । कारण स्पष्ट पारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।

उनले यो नियम तोडेसँगै नियामक निकायको छानविनमा तानिएका हुन् । छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ । हालै एभिएसन भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ । यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो ।

सो सम्बन्धमा प्राधिकरणले छानविन सुरु गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । छानविन जारी रहँदा निगमले उडानको रोष्टरबाट उनको नाम हटाएको छ ।

ककपिटमा अनाधिकृत व्यक्तिको प्रवेशले उडान सुरक्षामा असर पुग्छ । यसको वेवास्ता गर्दै पाइलट विजय लामाले भिडियो अन्तर्वार्ता ने दिएसँगै उनी छानविनमा तानिएका हुन् । ‘उहाँ अहिले अनुसन्धानको दायरामा हुनुहुन्छ, त्यसपछि प्रतिवेदन महानिर्देशक कहाँ जान्छ, महानिर्देशकबाट जे निर्णय हुन्छ, त्यही अनुसार कारवाही हुन्छ,’ भुलले भने ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!