बाँपीझ्याला, काठमाण्डौं । मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गर्दै मुलुक संघीय तथा प्रदेश निर्वाचनमा होमिएर राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा भत्सर्ना गरेका छन् । यसै क्रममा मिति २०७९र०७र१४ गतेका दिन ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिएको महासंघले जनाएको छ ।
ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्शन प्रा।लि। काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका वडा नम्बर—२ मा अज्ञात समुहबाट आगजनी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विगतमा समेत हुने गरेका यस किसिमका अराजक क्रियाकलापको महासंघले कडा शब्दमा भत्सर्ना गर्दै, पीडित निर्माण व्यवसायीलाई क्षतिपूर्ति सहित दोषी उपर कडा कार्वाहीको माग गर्दै आएता पनि ठोस सुनुवाई नभएकाले नै निर्माण व्यवसायीहरू निरन्तर मारमा पर्दै आएको महासंघको भनाइ छ । निर्माण व्यवसायी र तिनका उपकरणको पूर्ण सुरक्षाका लागि महासंघले प्रधानमन्त्री,मन्त्रीहरू, सचिवहरू लगायत सरोकारवाला सबैको लगातार गम्भीर ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।
महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समुहलाई कडा भन्दा कडा कानूनी कार्वाहीका लागि नेपाल सरकारसँग जोडदार माग गरेको छ । ‘शान्तिपूर्ण र सुरक्षित वातावरण विना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धाराशायी हुने र यसमा आबद्ध हजारौ व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
विगतमा झै आफ्नो सहिष्णुतालाई कमजोरीको रुपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित महासंघ देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।