Search

रुपन्देहीमा एक दम्पती आफ्नै घरमा मृत फेला

रुपन्देहीमा एक दम्पती आफ्नै घरमा मृत फेला

२१ कात्तिक, बाँपीझ्याला, काठमाडौं । रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।

घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!