Search

विगुको टासी गुम्वा पुनः निर्माण सम्पन्न, यही कार्तीक २९ गते उद्घाटन हुने

विगुको टासी गुम्वा पुनः निर्माण सम्पन्न, यही कार्तीक २९ गते उद्घाटन हुने

बाँपीझ्याला, दोलखा । विगु गाउँपालिकास्थित विगुमा रहेको टाशी छिमे गाछल गुम्बा यही कात्तिक २९ गते उद्घाटन हुनेभएको छ । २०७२ सालको भूकम्पले गुम्बालगायत अन्य भवनहरु पूर्ण रुपमा क्षति पुु¥याएको थियो । निर्माण कार्य भर्खर सम्पन्न भएकाले उद्घाटन गर्न लागेको हो ।

अहिले गुम्बाको भवन भूकम्प प्रतिरोधी बनाएको छ । यसअघि गुम्बाको भवन ढुंगा माटाको भएकाले भूकम्पले सक्दो क्षति पु¥याएको थियो । अहिले गुम्बा, गेष्ट हाउस, स्कुल र क्यान्टिन निर्माण भईसकेको छ । गुम्बा लगायत अन्य भवन निर्माण कार्य भईसक्दा ७ करोड जत्ति खर्च लागेको टाशी छिमे गाछल गुम्बाका लामा गेसे साङ्गे शेर्पाले बताउनुु भयो ।

त्यस्तै मुख्य गुम्बाको लागि चार करोड रुपैयाँ खर्च लागेको पनि गेसे साङ्गे शेर्पाले बताउनुुभयो ।

टाशी छिमे गाछल गुम्बा नेपालकै पुरानो र हिमाली क्षेत्रको आनी पढाउने एक मात्र गुम्बाको रुपमा परिचित छ । यस्ता खालको हिमाली गुम्बा अन्य ठाउँमा छैननै । सयौ वर्षअघि स्थापना भएको यस गुम्बामा हाल ८५ जना आनीहरु पढ्दै आएका छन् । कक्षा १ देखि कक्षा ६ सम्म यही गुम्बामा पढाई हुन्छ । मुख्य रुपमा यहाँ बौद्ध शिक्षाको पढाई हुन्छ ।

अन्य विषयहरु भने अन्य विद्यालयमै पढाई हुुने विषयहरुनै रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!