Search

शाहरुखको जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘पठान’को टिजर रिलिज

शाहरुखको जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘पठान’को टिजर रिलिज

बाँपीझ्याला, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् ।

चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिज हुँदैछन् । पठान, जवान र डंकी । जन्मदिनको अवसरमा फ्यानले शाहरुखको बर्थडे र उनको नयाँ फिल्म ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन् । शाहरुखकै जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको छ ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो । ‘वार’ फेम्ड सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर एक्सनप्रधान छ । पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ रिलिज हुँदैछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!