(तिमी-क्लाइन्ट, म-काउन्सेलर)
सानै छँदा विद्यालय जाँदा,
पढ्न त मलाई इच्छा हुने, न त तिमीलाई,
तर फरक यति थियो, म चाँहि पढ्नुपर्छ है भनेर पढ्न बस्थेँ,
तिमी इच्छा नलागी नलागी किन पढ्ने भनी पढ्दैन थियौ ।
संगै हुर्केका केटा केटी हामी,
एघार, बाहृ कक्षा पढ्दा, साथीहरुसँग लाकुरे भन्ज्याङ् त दुबै छिरेछौं ।
तर फरक यति थियो, म चाहिँ समयमै त्यहाँबाट फर्किएछु, तिमी त्यतै त्यतै बर्षौ भुलिएछौ।
किन किन यहि बिषय पढ्ने इच्छा जागेर आयो, रिसर्च गर्ने
क्रममा फेरि मलेखु पुगेछु ।
तिमी त अझै त्यहीँ पोे हन्टिँग गर्दै रहेछौं ।
फरक यति थियो,
बनाउन सिकेर पनि खानु हुन्न है भनेर म पन्छिन सफल भएछु्,
तिमी त्यसैको स्वादमा जिन्दगी नै भुलेर बसेछौ ।
बिगत हामी दुबैको थियो, जवानीमा दुखेको मन भुलाउन
मैले परिवारको सहारा लिएछु ।
तिमीले त्यही चिजलाई आफ्नो सहारा मानेछौ ।
परिवारको माया त दुबैले बुझेका थियौं ।
फरक यति थियो, मैले माया दिन जानिछु, तिमीले माया
ब्यक्त गर्न जानेनछौ ।
आखिर तिमी र म मा फरक के नै रहेछ र,
सोच र मन त एउटै रहेछ नि ।
मात्र त्यो चिजले तिम्रो दिमाग चलाइदिएछ ।
फरक यति मात्र थियो, मैले परिवारको सहारा रोजेर जिन्दगी
बनाएछु, तिमी खानु नहुने चिजको सहारामा अलमलि रहेछौ ।
(घिमिरे मनोविद् हुनुहुन्छ )